काठमाडौं — हास्यप्रधान नयाँ कार्यक्रम “क्ल्यास अफ टङ शो” अब दर्शकमाझ आउने भएको छ। यस कार्यक्रमका होस्टका रूपमा विशाल गौतम रहेका छन् भने यसपटक कलाकार सजन श्रेष्ठलाई रोस्ट गरिएको छ। कार्यक्रममा रजनेश अर्याल, बबिन कार्की, सुषान्त बस्याल र सतीश कार्कीले हास्यात्मक शैलीमा सजनमाथि रोस्ट प्रस्तुत गरेका छन्। सजन श्रेष्ठले आफूलाई गरिएको रोस्टलाई सकारात्मक रूपमा लिँदै अन्त्यमा आफैंले पनि सबैलाई रमाइलो ढंगले रोस्ट फर्काएका छन्। यो कार्यक्रम यही बिहीबारदेखि बेलुका ७ बजे “विशाल गौतम” नामक युट्युब च्यानलमार्फत प्रसारण हुनेछ भने “ह्याप्पी क्लब” मैतीदेवीमा प्रत्येक शुक्रबार साँझ ६ बजे प्रत्यक्ष रूपमा हेर्न सकिनेछ।











प्रतिक्रिया