रौतहट।
सोमबार राति आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा गढी टोलमा एक महिलाको मृत्यु भएको छ।
स्थानीय फुलकुमारी यादव आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढल्दा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि गरुडा स्थित बेटर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
पशु चौपाया बाँध्ने किल्लामा खावा खस्दा गालामा छेडिएर उनी गम्भीर घाइते भएकी थिइन्। स्थानीय मोहन यादवका अनुसार घटनापछि तत्काल उद्धार गरी अस्पताल लगिएको थियो।
मृतक यादवको घर काठबाट निर्माण गरिएको तथा छाना टालीको रहेको जनाइएको छ। हावाहुरीका कारण कमजोर संरचनामा क्षति पुग्ने गरेको स्थानीयले बताएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पोस्टमार्टम प्रक्रिया पूरा भएपछि शव परिवारलाई दाहसंस्कारका लागि बुझाइनेछ।











प्रतिक्रिया