आगलागीमा परेर  २ जना घाइते


उदयपुर। 

  उदयपुरकाे उदयपुरगढी गाउँपालिका वडा नं. ८ चोरुम्फा स्थितमा मंगलबार साँझ आगलागी हुँदा २ जना घाइते भएका छन् । साँझ करिब ७:५० बजे सोही स्थान बस्ने वर्ष ४९ की साबित्रा मगरले घरमै बिडी सल्काउने क्रममा बच्चाले खेल्दा पोखिएको तारपिनको तेलमा आगो सल्किँदा उक्त घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नेपालटारबाट प्रहरी टोली खटिई गई उद्धार तथा आवश्यक अनुसन्धानको कार्य भइरहेको छ।

 आगलागीमा परी साबित्रा मगरको दुवै हात, दुवै खुट्टा तथा कम्मर पछाडिको भाग गरी करिब ४० प्रतिशत जलेको छ भने आगो निभाउने क्रममा छिमेकी वर्ष ४१ की विष्णु मगरको दुवै हात र खुट्टामा करिब १० प्रतिशत जलन भएको छ। घाइते दुवै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जिल्ला  प्रहरी कार्यालय उदयपुरले जनाएको छ।