राल्सन टायरले नेपालमा डिलरशिप विस्तार गर्दै, प्रमुख सहरहरूमा आवेदन खुला


काठमाडौँ
भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न प्रमुख सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यसहित नयाँ डिलरशिपका लागि आह्वान गरेको छ ।

५० वर्षभन्दा लामो समयदेखि विश्वसनीय सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत नयाँ डिलरहरूको खोजी गरेको हो ।

राल्सन टायर यसको मजबुत निर्माण, उच्च टिकाउपन र विश्वसनीय प्रदर्शनका कारण विश्वभर परिचित छ । नेपालको जटिल भौगोलिक अवस्था तथा कच्ची र पक्की दुवै सडकका लागि उपयुक्त मानिने यस टायरमा उच्च लोड वहन क्षमता, लामो माइलेज, बलियो ग्रिप र पञ्चर प्रतिरोधात्मक विशेषता रहेको कम्पनीले जनाएको छ। यसले विशेषगरी व्यावसायिक सवारी साधन सञ्चालकहरूलाई लागत–प्रभावी समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडलगायतका सहर तथा क्षेत्रहरूमा डिलरशिपका लागि आवेदन खुला गरेको छ । इच्छुक व्यवसायी तथा संस्थाहरूले तोकिएका स्थानहरूमा आधिकारिक डिलर भई काम गर्न सक्नेछन् ।