महालक्ष्मी विकास बैंकद्वारा क्रस–बोर्डर क्यूआर पेमेंट सेवा सुरु


काठमाडौँ
महालक्ष्मी विकास बैंकले कस्टमरहरूलाई एडभान्स, सेक्योर र कन्भिनियन्ट बैंकिङ सुविधा प्रदान गर्ने क्रममा यूनियनपे इन्टरनेशनलसँगको कोलाबोरेसनमा क्रस–बोर्डर क्यूआर पेमेंट सेवा सुरु गरेको छ ।

अब बैंकको फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट युजरहरूले नेपालभित्रै क्यूआर कोड स्क्यान गरेर सजिलै पेमेंट गर्न सक्नेछन् । यस इनिसिएटिभले विशेषगरी चीन लगायत अन्य देशबाट नेपाल आउने टुरिस्टहरूलाई ठूलो सहजता दिनेछ र ट्राभलका क्रममा क्यास बोकेर हिँड्नुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वकै ठूलो पेमेंट नेटवर्कमध्ये एक हो, जसका ९.६ बिलियनभन्दा बढी कार्ड इश्यू भइसकेका छन् र १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको एक्सेप्टेन्स रहेको छ ।

यस सेवाले नेपालमा रहेको क्यूआर इन्फ्रास्ट्रक्चरलाई अझ इफेक्टिभ बनाउने विश्वास बैंकले लिएको छ र डिजिटल इनोभेसनलाई सेफ, इफिसियन्ट र इन्क्लुसिभ बनाउने कमिटमेन्ट दोहोर्याएको छ । साथै, बैंकले सन् २०८३ लाई डिजिटल प्रमोशन इयरको रूपमा मनाउने योजनाअनुसार “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत कस्टमर एंगेजमेन्ट अफर पनि ल्याएको छ, जसअन्तर्गत बैशाखको पहिलो हप्तामा कम्तीमा एक सफल ट्रान्जेक्सन गर्ने युजरहरूमध्ये लक्की ड्रबाट ३ जनाले आकर्षक ट्राभल प्याकेज जित्ने अवसर पाउनेछन् । “सबल बैंक, सफल सहकार्य” नारासहित बैंकले देशभर १०३ शाखा र करिब ८.५ लाखभन्दा बढी कस्टमरलाई सेवा दिँदै आएको छ ।