नेपाल लाइफको स्पेशल रिभाइभल अफरमा लेट फी फुल डिस्काउन्ट


काठमाडौँ
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ एनिभर्सरीको अवसरमा ल्याप्स भएका पोलिसीलाई रिभाइभ गर्न स्पेशल अफर ल्याएको छ ।

कम्पनीले इकोनोमिक कठिनाइका कारण धेरै पोलिसी ल्याप्स भइरहेका बेला कस्टमरहरूलाई सहज रूपमा प्रिमियम पे गरेर आफ्नो इन्स्योरेन्स कभरेज फेरि एक्टिभ बनाउन सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ ।

यस योजना अन्तर्गत २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म ल्याप्स पोलिसी रिभाइभ गर्दा लेट फीमा १००% सम्म डिस्काउन्ट प्रदान गरिनेछ । कम्पनीले पहिलो पटक यति ठूलो लेट फी छुट अफर ल्याएको हो, जसले ३० दिनको अवधिमा कस्टमरहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

नेपाल लाइफ देशकै लिडिङ लाइफ इन्स्योरेन्स कम्पनी हो जसको करिब ३०% मार्केट शेयर रहेको छ। कम्पनीले विगत २५ वर्षदेखि लाखौँ नेपाली परिवारहरूको ट्रस्ट जित्दै आएको छ र देशभरका ७७ जिल्लामा आफ्नो ब्रान्च नेटवर्क तथा ६९,००० भन्दा बढी एजेन्टमार्फत सेवा दिइरहेको छ ।

कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले ग्राहकहरूको विश्वासलाई प्राथमिकता दिँदै ल्याप्स भएका पोलिसीहरूलाई पुनः कभरेजमा ल्याउन यो स्पेशल स्किम ल्याइएको बताएका छन् र सम्पूर्ण इन्स्योर्ड व्यक्तिलाई यस अफरको फाइदा उठाई आफ्नो फ्युचर सेफ बनाउन आग्रह गरेका छन् ।