काठमाडौँ
सामसङ नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।
यस अभियानले विदेशमा काम गर्ने नेपालीले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गर्दै जीवन जोड्ने उद्देश्यलाई बलियो बनाउने जनाएको छ ।
अभियानअन्तर्गत “सामसङ रेमिटमा बेनिफिट” पहल ल्याइएको छ, जसले रेमिटेन्समा आधारित परिवारलाई सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ र यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ । सामसङका एआई–सक्षम डिभाइसहरूले परिवारको जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने दाबी गरिएको छ ।
यस पहलमा आइएमई रेमिट, एनसेल, खल्ती बाइ आइएमई र हुलास फिन सर्भ लिमिटेडसँग सहकार्य गरी उत्पादन खरिदमा बोनस डाटा, २४ महिनासम्मको सजिलो ईएमआई र खल्तीमार्फत क्यासब्याक जस्ता सुविधा प्रदान गरिनेछ । विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिका लागि मात्र उपलब्ध यो अफरमार्फत आधिकारिक उत्पादन प्रयोग, दीर्घकालीन विश्वसनीयता र वारेन्टीको महत्त्वमा पनि जोड दिइएको छ ।











प्रतिक्रिया