काठमाडौँ
नयाँ वर्ष २०८३ को अवसरमा माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले “रेड नेचर” र “ब्लु नेचर” नामका ४० यूपी प्रिमियम स्पिरिट बजारमा ल्याएको घोषणा गरेको छ ।
यी उत्पादन वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुने कम्पनीले जनाएको छ । आधुनिक उपभोक्ताको स्वादअनुसार तयार गरिएका यी पेय आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका साथ प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान बनाउने विश्वास गरिएको छ ।
७५० एमएल बोतलको मूल्य १ हजार २ सय ४० तोकिएको छ र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गरिएको कम्पनीको दाबी छ । साथै “न्यू इयर, सेम सर्कल” सन्देशमार्फत जिम्मेवार पिउने संस्कृतिको प्रवद्र्धन गर्न खोजिएको जनाएको छ ।











प्रतिक्रिया