उदयपुर ।
उदयपुरको कटारीमा चैत्र २८ गते बाट शुरु भएर बेशाख ५ गते शनिबार सम्पन्न छैटौँ कटारी आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’को उपाधि जष्ट जोन फुटबल क्लव नाईजेरियाले कब्जा गरेको छ । शनिबार कटारकिो बसपार्क नजिकको खेल मैदानमा सम्पन्न फाईनल खेलमा चात्यासा फुटबल क्लव झापालाई ४–० ले पराजित गर्दै फराकिलो अन्तर सहित नाईजेरियाले उपाधि कब्जा गरेको हो ।


कटारी नगर खेलकुद विकास समितिको आयोजनामा २८ चैत्रदेखि जारी प्रतियोगिताको उपाधि कब्जा गर्दै नाईजेरियाले नगद रु पाँच लाखका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता झापाले नगद रु तीन लाखका साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
फाईनल खेलमा नाईजेरियका लागि पहिलो हाफमा ओलाओए डेभिट , सुनकानी सोयन्का र ऐना जोह्नले एक एक गोल गरेका थिए ।
त्यसैगरी दोस्रो हाफमा नाईजेरियाका लागि डेमोला हमजादले गोल गरे । खेलमा झापाले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि गोल आफ्नै कारणले गर्न सकेन । नाईजेरिया , र भारतको द रिभर स्पोर्टिङ्ग क्लव सिक्किम सहित नेपालको ६ टिमले प्रतिष्पर्धा गरेका थिए ।
फाईनल खेलको म्यान अफ द म्याच सहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नाईजेरियाका ओलाओए डेभिट , वेष्ट डिफेन्डर झापाका विशाल भण्डारी , सर्वाधिक गोलकर्ता प्रतियोगिता भरी २–२ गोल गरेका नाईजेरियाका डेमोला हमजाद र शलेस युथ क्लव , सिरहाका राज भुषाल , सर्वोत्कृष्ट गोलरक्षक नाईजेरियाका डोडो अलु र उदीयमान खेलाडी आयोजक कटारी ११ का रिसभ धामी घोषित भए ।
उनीहरुलाई प्रति विधा दश दश हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरिएको समितिका अध्यक्ष दिपक राईले बताउनु भयो । विजेता , उपविजेता तथा पुरष्कृतहरुलाई समापन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले पुरष्कार प्रदान गर्नु भयो ।











प्रतिक्रिया