काठमाडौं ।
धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी जाँच गर्ने क्रममा सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाका चालक सुबिध कुमार, रोहित कुमार र मोहम्मद जमशेर रहेका छन्। उनीहरूलाई गाडीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया