मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु


काठमाडौं ।

कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ। आठ वर्षीय भीम ताम्राकार र उनका दाजु दीपकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा ज्यान गएको हो।

उक्त परिवारले स्थानीय पोल्ट्री फार्मबाट मरेको कुखुरा खरिद गरी वैशाख ३ गते मासु खाएका थिए। त्यसपछि परिवारका सबै सदस्य बिरामी परेका थिए। आमाराधिका ताम्राकार र तीन वर्षीय दीपेशको सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। पोल्ट्री फार्म सञ्चालक मङ्गल साउँद प्रहरी सम्पर्कमा आएका छन् र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।