कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन बढ्दो


काठमाडौ । 

मौसम अनुकूल बन्दै जाँदा कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। चैतदेखि जेठसम्मलाई मुख्य पर्यटकीय याम मानिने यस क्षेत्रमा पछिल्लो एक महिनामा १६५ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

कञ्चनजङ्घा आधार शिविर पुग्न पाँचथर र ताप्लेजुङका विभिन्न पदमार्ग प्रयोग हुँदै आएका छन्। पर्यटकलाई लक्षित गरी पदमार्गमा होटल तथा पूर्वाधार विस्तार भइरहेका छन्, जसले स्थानीय रोजगारीसमेत बढाएको छ।

स्थानीय समुदायको मुख्य आयस्रोत पर्यटन, होटल व्यवसाय र पशुपालन रहेको छ। पछिल्लो समय युवापुस्ता पर्यटन क्षेत्रमा आकर्षित हुँदै गएका छन्।