तिलोत्तमामा ‘बिग स्कूल मोडेल’ लागू, साना विद्यालय मर्ज


काठमाडौ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ‘बिग स्कूल मोडेल’ लागू गरेको छ। न्यून विद्यार्थी संख्या र कमजोर उपलब्धिका कारण साना विद्यालयहरू मर्ज गरी ठूला विद्यालयमा रूपान्तरण गर्न थालिएको हो।

पहिलो चरणमा ४२ मध्ये ६ विद्यालय गाभेर ३६ कायम गरिएको छ भने ७ विद्यालयमा तह मिलान गरिएको छ। मापदण्डअनुसार प्रत्येक कक्षामा कम्तीमा १५ विद्यार्थी हुनुपर्ने व्यवस्था गरिएको छ। बिग स्कूल मोडेलमार्फत निःशुल्क यातायात, प्रतिस्पर्धात्मक वातावरण र गुणस्तरीय शिक्षामा सुधार ल्याउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

साथै, निजी विद्यालयको छात्रवृत्तिलाई पारदर्शी बनाउँदै २३ सयभन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्था गरिएको छ।