काठमाडौँ ।
काठमाडौँमा बैंकिङ कसुरको मुद्दा मिलाइदिने बहानामा रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने ५२ वर्षीय विश्वराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अधिकारीले एक बैंकिङ कसुर मुद्दा मिलाइदिने आश्वासन दिँदै पीडितबाट नगद तथा मोबाइल बैंकिङमार्फत पटक–पटक गरी १ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। रकम लिएपछि फरार भएका उनलाई पीडितको उजुरीका आधारमा प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
हाल उनीमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया