काठमाडौ ।
विश्व सम्पदा क्षेत्रको संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले आज काठमाडौँमा विभिन्न कार्यक्रमसहित विश्व सम्पदा दिवस मनाइँदै छ। सन् १९८३ देखि प्रत्येक वर्ष अप्रिल १८ मा मनाइँदै आएको यस दिवसका अवसरमा गहना पोखरीदेखि भाटभटेनी मन्दिरसम्म सम्पदा पदयात्रा आयोजना गरिएको छ।
वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयको आयोजनामा हुने पदयात्रापछि हाँडीगाउँ क्षेत्रमा सांस्कृतिक अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ।
कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ।
हाल नेपालका काठमाडौँ उपत्यकाका विभिन्न दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, चाँगुनारायण, साथै लुम्बिनी, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन्।











प्रतिक्रिया