सवारी दुर्घटनामा परी १ बालकको मृत्यु, २ जना घाइते 

2.44k
Shares

उदयपुर। 

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा ७ जोगीटोल स्थितमा  सिटीसफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

  मंगलबार दिउँसो साढे चारबजेतिर नेपालटारबाट गाईघाट तर्फ आउँदै गरेको को.प.–०५–००१ ह ०६८५ नं को सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालक त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के बस्ने वर्ष ३४ को जयराम चौधरी ,रौतामाई गाउँपालिका वडा नम्बर ७ मुर्कुची बस्ने  दिपक मग्राती र निजको छोरा वर्ष ४ को सुरज मग्राती घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई सामान्य उपचार पश्चात् थप उपचारको लागि न्युरो अस्पताल विराटनगर लागि उपचारको भइरहेकोमा उपचारको क्रममा सोही दिन राती १०ः२६ बजे दुर्घटनामा परी घाइते भएका वालक सुरज मग्रातीको मृत्यु सोही अस्पतालका चिकित्सकले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको  छ ।

घटनास्थलमा अस्थाई प्रहरी पोष्ट संगमचोकबाट प्रहरी टोली खटि गई घाईतेहरुको उद्धार तथा प्रारम्भिक अनसुन्धानको कार्य सम्पन्न गरी दुर्घटना परेको सवारी साधन नियन्त्रयमा लिईएको साथै मृतक वालकको लासको पोस्टमार्टम लगायतको कानूनी प्रकृयाको कार्यहरु जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत भई थप अनुसन्धान कार्य समेत भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।