राखेप र एनएएसएमबीच सम्झौता


काठमाडौं।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेसनल एकेडेमी अफ स्पोर्ट्स मेडिसिन (एनएएसएम) बीच मंगलबार सम्झौता भएको छ । खेलकुद चिकित्साको विकास, चोटपटक रोकथाम कार्यक्रम (एनआईपीपी), हाइ अल्टिच्युत प्रशिक्षण र केन्द्र (एचएटीसी), हाइ अल्टिच्युत खेलकुद गतिविधिमा केन्द्रीत हुँदै खेलकुद चिकित्साको अनुसन्धान र विकासका लागि सहकार्य गर्नेलगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एनएएसएम, कास्कीका अध्यक्ष डा. पदमबहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको अवधि ५ वर्षको रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।