११ देशका राजदूतलाई फिर्ता बोलाइयो


काठमाडौं ।

निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई सरकारले फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार फिर्ता बोलाइएका आवासीय राजदूतहरूले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्नेछ ।

फिर्ता बोलाइएकाहरूमा चीनका लागि नेपाली राजदूत प्राडा कृष्णप्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेती, इजरायलका लागि प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, स्पेनका लागि सनिल नेपाल, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी रहनुभएको छ ।

Skip This