चितवन।
चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र जारी रहेको छ। नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यतालिका पाँचौँ पटक संशोधन गरिएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार केन्द्रीय नेतृत्व चयनका लागि मतदान आज राति साढे १० बजेदेखि सुरु हुने भएको छ। यसअघि तोकिएका समयहरू विभिन्न कारणले प्रभावित भएपछि कार्यतालिका पटक–पटक परिमार्जन गरिएको हो।
महाधिवेशनमा नयाँ नेतृत्व चयनप्रति प्रतिनिधिहरूको चासो बढिरहेको छ भने निर्वाचन प्रक्रिया सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।











प्रतिक्रिया