एएफसी महिला कप : नेपाल आज उज्वेकिस्तानसँग निर्णायक भिडन्तमा


काठमाडौं ।

एएफसी महिला एसियन कप २०२६ छनोटमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार राति ९:१५ बजे खेल सुरु हुनेछ।

समूह ‘एफ’ मा दुबै टोली समान ६ अंकसहित शीर्ष स्थानमा छन् र दुबै टोलीले हालसम्म गोल खाएका छैनन्। फिफा वरियतामा उज्वेकिस्तान ५१ औं र नेपाल १०० औं स्थानमा छन्।

अघिल्ला तीनै खेलमा उज्वेकिस्तान विजयी भए पनि नेपाली टोलीका लागि यो खेल इतिहास उल्ट्याउने अवसर बनेको छ। समूह विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।