एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल आज सिंगापुरसँग भिड्दै


काठमाडौं ।

नेपाल आज एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको यूकेएम वाइएसडी ओभलमा बिहान ७:४५ बजेबाट सुरु हुने फाइनल खेलमा नेपाल अपराजित यात्रालाई उपाधिमा परिणत गर्ने लक्ष्यमा हुने छ।

समूह चरणमा नेपालसँग पराजित भएको सिंगापुरले त्यसपछि सबै खेल जित्दै फाइनल स्थान बनाएको हो। नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो भने सिंगापुरले हङकङलाई हराएर फाइनल पुगेको हो।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच खेल हुँदैछ। गत संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्ने प्रयास गर्दैछ।