काठमाडौं।
शुक्रबारदेखि सुरु हुने एन्फा यु–१६ युथ लिगको पुरस्कार रकम बिहीबार आयोजकले सार्वजनिक गरेको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले १ लाख पाउने जानकारी गरायो । यस्तेै, दोस्रो हुने टोललिे ५० हजार पाउनेछ ।
व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीले तथा तथा अनुशासित टोलीले समान १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा १४ वटै ‘ए’ डिभिजन लिग क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको सहभागी टिमलाई तयारी खर्च स्वरुप एन्फाले प्रत्येक टिमलाई ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको शाहले जानकारी दिए । प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङदी र श्री भगवती क्लब भिड्नेछन् ।
प्रतिक्रिया