बीबीएल ड्राफ्टमा ६ नेपाली खेलाडी


काठमाडौं।

अस्ट्रेलियाको लोकप्रिय फ्रेन्चाइज टी २० क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।
नयाँ सिजनको ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् । यीमध्ये सन्दीप मात्रै बीबीएलमा खेलिसकेका छन् । उनले बीबीएलमा मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए । तर, गत सिजनमा उनले नाम दर्ता गराएपनि कुनै पनि टोलीले उनलाई सामेल गराएन । बीबीएलको अक्सन यही जुन १९ मा हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।