कास्की
दुईसाता अघि पोखराको कभर्ड हलमा उपाधि उचालेर निकै आत्मविश्वास देखिएको नेपाल पुलिस क्लब शनिबार विभागीय डर्बी फाईनलमा पराजित भएको छ । शनिबार प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबसँग पुलिस पराजित भएको हो । योसँगैं पुलिसले उपविजेतामा चित्त बुझाउनुप¥यो ।
एपीएफले उपाधि जित्न पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटले पन्छाएको थियो । योसँगैं एपीएफले पुलिससँग लिगमा व्यहोरेको हारको बदलासमेत लियो । यस्तै, एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा विजेता एपीएफले ६ लाख, उपविजेता पुलिसले ३ लाख र तेस्रो भएको न्यु डायमण्डले १ लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा एपीएफकी निरुता ठगुन्ना घोषित भइन् । उनले ३० हजार नगद प्राप्त गरिन् ।
यस्तै, प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुनेले जनही २० हजार नगद प्राप्त गरेका थिए । जसमा, एपीएफका जसना महतो सेटर, सृष्टि खड्की सर्भर र पुष्पजंग मल्ल प्रशिक्षकमा उत्कृष्ट भए । यस्तै, पुलिसकी उषा भण्डारी स्पाइकर, न्यु डाइमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना श्रेष्ठ लिब्रोमा उत्कृष्ट भएका थिए । साथै नेशनल स्पोट्र्स एकेडेमीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २५ हजार सहयोग गरेको छ ।
प्रतिक्रिया