दक्षिण अफ्रिकालाई २७ वर्षपछि आईसीसीको उपाधि


लन्डन, (एजेन्सी)

दक्षिण अफ्रिकाले अस्टे«लियालाई ५ विकेटले हराउँदैं आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) जितेको छ । दक्षिण अफ्रिकी क्रिकेट टोलीले लामो समयपछि आईसीसीअन्तर्गतको ठूलो उपाधि जितेको हो ।

यसको लागि दक्षिण अफ्रिकाले २७ वर्ष कुर्नु परेको थियो । अघिल्लो पटक टोलीले सन् १९९८ मा ढाकामा सम्पन्न आईसीसी नकआउट ट्रफी (हाल च्याम्पियन्स ट्रफी) जितेको थियो ।

इंग्ल्यान्डको लर्डस् मैदानमा फाइनल खेलको चौथो दिन दक्षिण अफ्रिकाले जित्न ६९ रनको आवश्यक थियो । २ विकेटको क्षतिमा २ सय १३ रनको स्थितिबाट शनिबार खेल शुरु गरेको टोलीले विजयी प्राप्त गर्दा थप ३ विकेट गुमाएको थियो । अस्टे«लियाले २ सय ८२ रनको विजयी लक्ष्य तेर्साएको थियो ।

टोलीलाई ऐतिहासिक जित दिलाउन ओपनर एडेन मार्करामले शतक प्रहार गरेका थिए । उनी जित्न ६ रन आवश्यक हुँदा जोश हेडलवुडको बलिङमा ट्राभिस हेडद्वारा क्याचआउट भए । १ सय ३६ रनको योगदान दिएका उनको यो टेस्ट करिअरको आठौं शतकसमेत थियो ।

अस्टे«लियाका कप्तान प्याट कमिन्सले खेल शुरु भएलगतैं दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुनालाई आउट गरे । बभुनाले अघिल्लो दिनको स्कोरमा १ रन मात्रै जोड्न पाए । उनी ६६ रनमा पभेलियन फर्केका थिए ।

जित्न ४१ रन आवश्यक हुँदा ट्रिस्टान स्टब्स पनि आउट भए । उनलाई मिचेल स्टार्कले बोल्ड गरेका थिए । यो विकेटपछि अस्टे«लियाको दबाब दक्षिण अफ्रिकामाथि बढेको थियो । तर, मार्कराम र डेभिड बेदिंगामले ३५ रनको साझेदारी गर्दै स्कोर २ सय ७६ मा पु¥याएका थिए । तर, चौका हान्ने धुनमा मार्कराम आउट भएका थिए ।

यसपछि भने बेदिंगाम र काएल भेरीन्नेले एक एक रन लिँदैं दक्षिण अफ्रिकाको लागि जित सुनिश्चित गरेका थिए । योसँगैं वल्र्ड टेस्ट च्याम्पियनसिप जित्नेमा दक्षिण अफ्रिका तेस्रो टोली बनेको छ । यसअघि न्युजिल्यान्ड (२०२१) र अस्टे«लिया (२०२३) मा च्याम्पियन बनेका थिए ।

पुरस्कार रकम (डलरमा)

विजेता दक्षिण अफ्रिका ३.६ मिलियन

उपविजेता अस्टे«लिया २.१६ मिलियन

तेस्रो भारत १.४४ मिलियन