काठमाडौं ।
मनास्लु वल्र्ड स्कुलले तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चावहिलमा भएको फाइनलमा मनास्लुले डिफेन्डिङ च्याम्पियन एनआईसी एकेडेमीलाई ३–० गोलले पराजित गर्यो ।
मनास्लुका देविन कार्कीले २ तथा अभिषेक माझीले १ गोल गरे । एनआईसीका सुनिश्चित सुवेदी र समिर लामाले समान १–१ गोल गरे । विजेता मनास्लुले ३० हजार र उपविजेता एनआईसीले १५ हजार नगद पुरस्कार हात पारे ।
प्रतिक्रिया