प्रचण्ड कप महिला भलिबल यही जेठमा

0
Shares

कास्की ।

यही जेठ अन्तिम सातामा अर्को एउटा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुँदैछ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुन लागेको हो ।

पोखरा रंगशालामा गत माघमा टाईगर कप भलिबल आयोजना गरियो । त्यसपछि लायन्स क्लबले अन्तराष्ट्रिययस्तरको भलिबल प्रतियोगिता आयोजना गर्‍यो । बैशाखमा आयोजनापछि नेपाल भलिबल संघले यही जेठमा नवौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्‍यो ।यस प्रतियोगिता आयोजना भएको दुई सातापछि प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि तयारीमा जुटेको नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोईरालाले बताएका छन् ।

कोईरालाले पोखरालाई खेलकुदको शहर तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र पोखरा भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । खेलकुदमा राजनीति हुनुपर्ने जनाउँदै तर राजनीतिकरण गर्न नहुने भन्दै शीर्ष नेताहरुको नाममा खेलाउँदा राज्यको लगानी हुने उनले दावी गरे ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख र तेस्रो टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ३० हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई नगद २० हजार रुपैयाँ जनही प्रदान गरिने आयोजकले जनाएको छ ।

Skip This