रोनाल्डो तेस्रो वर्ष पनि धनी खेलाडी

658
Shares

क्रिस्टियानो रोनाल्डो यूरोपेली लिग छाडे पनि यस वर्षको सर्वाधिक कमाउने सूचीमा पहिलो नम्बरमै जमेका छन् । बिजनेस म्यागेजिन फोब्र्सले प्रत्येक वर्ष सार्वजनिक गरिने सर्वाधिक कमाउने खेलाडीमा पोर्चुगलका स्टार फुटबलर नम्बर वान भएका हुन् । रोनाल्डो लगातार तेस्रो वर्ष विश्वका धनी खेलाडी बनेका छन् ।


रोनाल्डो हाल साउदी प्रो लिगमा खेलिरहेका छन् । उनले साउदीमा अल नासरबाट खेलिरहँदा पनि अहिलेसम्म कुनै उपाधि भने जित्न सकेका छ्रनन् । युरोपेली लिगमा च्याम्पियन्स लिग, घरेलु लिग जस्ता उपाधि जितेका रोनाल्डो अहिले ट्रफीविहीन छन् । यसको बावजुद कमाउने हिसाबमा उनलाई कोही खेलाडीले पनि हराउन सकेका छैनन् ।

फोब्र्सले हालै २०२५ मा सर्वाधिक कमाउने खेलाडीको सूची सार्वजनिक गरेकोमा रोनाल्डोको कमाई २७५ मिलियन अमेरिकी डलर रहेको छ । यो गत वर्षको भन्दा १५ मिलियन बढीसमेत हो । २०२३ मा पनि सर्वाधिक धनी खेलाडी बनेका रोनाल्डोको त्यतिबेला १३६ मिलियन डलर मात्रै कमाई थियो ।

रोनाल्डोले मैदानबाट २२५ मिलियन डलर कमाउँदा मैदानबाहिरबाट ५० मिलियन डलर कमाएका छन् । उनको दाँजोमा दोस्रो स्थानका खेलाडीको कमाईं निकै कम रहेको छ । दोस्रो स्थानमा बास्केटबलका अमेरिकी खेलाडी स्टेफन करी रहेका छन् ।
करीको कमाईँ १५६ मिलियन डलर मात्रै रहेको छ । यो सर्वाधिक कमाउने रोनाल्डोको तुलनामा ११९ मिलियन कम हो । तर, करीले मैदानबाहिर कमाउने मामिलामा भने १०० मिलियन डलर कमाएर रोनाल्डोलाई पछाडेका छन् । करी गत वर्ष नवौं स्थानमा थिए ।

यस्तै, रोनाल्डोका प्रतिद्वन्द्वी फुटबलर लियोनल मेसी रोनाल्डोभन्दा पछि परेका छन् । अर्जेन्टिनी स्टार मेसी सर्वाधिक कमाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा रहेका छन् । उनको १३५ मिलियन डलर कमाइ रहेको छ । गत वर्ष उनी यति नै रकममा तेस्रो स्थानमा थिए । यो आम्दानी रोनाल्डोको आम्दानीसँग तुलना गर्दा १४० मिलियन डलर कम हो । जहाँ रोनाल्डोले मैदानमा २२५ मिलियन डलर कमाउँदा मेसीले मात्र ६० मिलियन कमाउन सके । मेसी हाल अमेरिकी फुटबल लिगमा खेलिरहेका छन् ।

एमबाप्पे र नेयमार बाहिरिए
फ्रान्सका सुपरस्टार किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार नेयमार शीर्ष १० बाट बाहिरिए । उनीहरू गत वर्ष सार्वजनिक भएको सर्वाधिक कमाउने सूचीअन्र्तगत शीर्ष १० मा थिए । एमबाप्पे ११० मिलियनसहित छैटो तथा नेयमार १०८ मिलियनसहित सातौं स्थानमा थिए । यसपटक सार्वजनिक भएको सूचीमा एमबाप्पे (९० मिलियन) १६ औं तथ नेयमार (७६ मिलियन) २५ औं स्थानमा छन् ।

२०२५ का शीर्ष १० कमाउने खेलाडी
(नोटः शीर्ष ५० भित्रसम्म पनि कोही महिला खेलाडी परेनन्)
खेलाडी खेल देश कूल कमाई मैदानबाट
कमाई मैदानबाहिर
कमाई
१. क्रिस्टियानो रोनाल्डो फुटबल पोर्चुगल २७५ मिलियन २२५ मिलियन ५० मिलियन
२. स्टेफेन करी बास्केटबल अमेरिका १५६ ५६ १००
३. टाइसन फ्युरी बक्सिङ यूके १४६ १४० ६
४. दाक प्रेस्कोट फुटबल अमेरिका १३७ १२७ १०
५. लियोनल मेसी फुटबल अर्जेन्टिना १३५ ६० ७५
६. लेब्रोन जेम्स बास्केटबल अमेरिका १३३.८ ४८.८ ८५
७. जुआन सोतो बास्केटबल डोमिनिकन रि. ११४ १०९ ५
८. करिम बेन्जेमा फुटबल फ्रान्स १०४ १०० ४
९. शोहेइ ओहतानी बेसबल जापान १०२.५ २.५ १००
१०.केभिन डुरान्ट बास्केटबल अमेरिका १०१.४ ५१.४ ५०