जेठ १ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल


मेष: समय अनुकूल नहुँदा रोगव्याधिको भय, आर्थिक क्षति, सम्मानमा आघात हुन सक्छ ।

वृष: दिउँसोसम्म लाभको समय छ । त्यसपछि रोगको भय, कार्य बाधा नहोला भन्न सकिन्न ।

मिथुन: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता हुने देखिन्छ ।

कर्कट: दिउँसोसम्म कार्य असफल हुन सक्छ । त्यसपछि भने लाभ, विजय, सुख प्राप्ति होला ।

सिंह: स्वास्थ्य प्रतिकूल हुने, कार्य असफल, धन नाश हुने सम्भावना भएकाले सतर्क रहनुहोला ।

कन्या: लाभ, पराक्रम होला तर मध्याह्नदेखि भने दौडधूप, तनाव, खर्च हुने सम्भावना छ ।

तुला: मध्याह्नसम्म दुःख–कष्ट आइपर्न सक्छ । त्यसपछि भने खुशीको लहर छाउन सक्छ ।

वृश्चिक: अन्नलाभ, सन्तुष्टि हुने देखिन्छ । तर दिउँसोबाट भने भय, शोक–सन्ताप पर्न सक्छ ।

धनु: मध्याह्नसम्म हानि–नोक्सानी हुन सक्छ । त्यसपछि भाग्योदयसँगै कार्य सफल हुने देखिन्छ ।

मकर: बिहान उत्तम भोजन, लाभ होला । दिउँसोबाट भने चोटपटकको भय हुँदा सजग रहनु बेस ।

कुम्भ: तपाईंका लागि दिन शुभ छ । सुख–सन्तोष, कार्य सफल, आर्थिक लाभ हुने देखिन्छ ।

मीन: दिउँसोसम्म संकट आइपर्न सक्छ । त्यसपछि भने फाइदा, सफलता, मन प्रफुल्लित होला ।