प्रदीप र गौरव फेरि सँगै


लभ लभ लभ, आमा, परस्त्रीजस्ता फिल्म निर्माण गरिसकेकी निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने भएकी छन्।
शर्मिलाले अभिनेतासमेत रहेका आफ्ना छोरा सुरज पाण्डेलाई निर्देशकका रूपमा अघि सार्दै नयाँ फिल्म निर्माण गर्ने तयारी गरेकी हुन्। सुरजले फिल्म परस्त्रीबाट निर्देशनमा डेब्यु गरेका थिए।


शर्मिलाले फिल्मका लागि हालै नायक प्रदीप खड्का र गौरव विष्टसँग छलफल गरेकी छन्। ‘प्रदीपजीले ६ महिनापछि समय दिनसक्छु भन्नुभयो। केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ। हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौँ’ प्रदीपका साथ भेटेपछि निर्मात्री पाण्डेले भनिन्।

शर्मिलाका अनुसार फिल्ममा २ जना नायक रहनेछन्। गौरवलाई लिएर शर्मिलाले फिल्म परस्त्री निर्माण गरेकी थिइन् भने गौरव र प्रदीपले फिल्म पिताम्बरमा सहकार्य गरेका थिए।