लन्डन ।
युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सेनलले घरेलु दर्शकसमक्ष निराशाजनक नतिजा बेहोर्नुप¥यो ।
लन्डनको इमिरेट्स स्टेडियममा भएको खेलमा पाहुना टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सेनललाई १–० गोलअन्तरले हराउँदै पहिलो लेगमा अग्रता लिएको हो । अन्तिम आठमा स्पेनिस जायन्ट रियल मेड्रिडमाथि प्रभावशाली जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको आर्सेनल यो खेलमा भने पहिलो हाफभरि पीएसजीको दवाबमा निरीह देखियो ।
खेलको चौथो मिनेटमै उसामान डेम्बेलेले खाभिचाबाट प्राप्त पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनको प्रहार पोलमा लागेर गोल लाइन पार गरेपछि आर्सेनल शुरुआतमै स्तब्ध बनेको थियो । त्यसपछि पनि पीएसजीले आर्सेनलमाथि निरन्तर दवाब बनायो ।
दोस्रो हाफमा भने आर्सेनलले सुधार गर्दै केही आक्रमणहरू सिर्जना ग¥यो । तर, गोल गर्न असफल रहँदै पहिलो लेगमा पछाडि पर्न बाध्य भयो । खेलमा पीएसजीले ५३ प्रतिशत बलको नियन्त्रण राख्दै ११ सटमार्फत ४ पटक प्रतिद्वन्द्वी गोलपोस्टमा प्रहार गर्न सफल भयो ।
अर्कोतर्फ आर्सेनलले १० सट हाने पनि पहिलो हाफमा एउटा पनि अन टार्गेट प्रहार गर्न सकेन । दोस्रो हाफमा आक्रामक शैलीमा फर्किए तापनि गोलको खडेरी हटाउन सकेन । अब दोस्रो लेग पेरिसमा एक साता पछाडि हुनेछ । जहाँ घरेलु मैदानको फाइदासहित पीएसजी अझ बलियो अवस्थामा रहनेछ । आर्सेनलले फाइनल पुग्न अब पेरिसमा चमत्कारी प्रदर्शन गर्नुपर्नेछ ।
प्रतिक्रिया