महिला गोल्डकप बैशाख १९ देखि


हेटौंडा ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता बैशाख १९ गतेदेखि आयोजना हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित ८ टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन् भने उत्कृष्ट हुने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँका तर्फबाट स्कुटर पुरस्कार प्रदान गरिनेछ ।

यस्तै, प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ । जसमा, हेटौंडा उप महानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।