पाटन फेस्टमा झुमे दर्शक


शनिबार राजधानीमा पर्पmमर दुर्गेश थापासहित एकसाथ चार ब्यान्डले आफ्ना प्रस्तुतिबाट दर्शक झुमाएका छन्।

च्यासलमा रोयल मल्टिप्रपोजको एकल आयोजनामा भएको पाटन फेस्ट २०२५ मा दुर्गेश थापासँगै जोन एण्ड द लोकल्स, पूर्ण राई एन्ड दाजुभाइहरू, अल्बाट्रोस र स्वर सांगीतिक समूहले दिएको प्रस्तुतिमा करिब १५ हजार दर्शक संगीतमा झुमे।

ललितपुरको च्यासल खेल मैदानमा भएको महोत्सवमा दुर्गेशले आफ्नो पछिल्लो हिट नम्बर दुस्मन हेरेको हे¥र्यैलगायत विभिन्न गीत प्रस्तुत गरेका थिए भने ब्यान्डहरूले पनि आफ्नो चर्चित गीतमार्फत दर्शक झुमाएका थिए।

पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न खानेकुराका स्टल राखिएको थियो।

Skip This