जनक भट्टराई एआईजीमा बढुवा


काठमाडौं ।

नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई एआईजी बढुवा गरेको हो ।

यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराई आगामी ५ चैतमा अनिवार्य अवकाशमा जानेछन् । यसअघि एआईजी रहेका रवीन्द्र केसीलाई राजीनामा गराएर भट्टराईलाई एआईजीमा सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।