मनकामना मन्दिर दर्शन गरेर फर्किएको माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते


काठमाडौं ।

मनकामना मन्दिर दर्शनार्थी सवार ईभी माइक्रोबस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएकाे छन् ।
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा आज बिहान माइक्रोबस दुर्घटना भएकाे हाे ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।