न्यु स्टार पोल क्वाटरफाइनलमा


काठमाडौं ।

न्यु स्टार पोल नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भइरहेको प्रतियोगितामा न्यु स्टारले उज्जवल तारालाई १–० गोलले पराजित ग¥यो । प्रनिश बुढाथोकीले निर्णायक गोल गरे ।

बेस्ट ग्रुप भिजन, गेटवे एकेडेमी र कौस्तुभ पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । बेस्ट ग्रुपले गोल्डेन बडलाई १–० गोलले हरायो । एलिश तामाङले गरेको गोलनै निर्णायक बन्यो ।

गेटवेले पिस प्वाइन्टलाई २–१ गोले पाखा लगायो । गेटवेका अनुप तामाङ र उत्सव कार्कीले गोल गरे । पिस प्वाइन्टका सन्देश मैनालीले १ गोल फर्काए । कौस्तुभले नेक्ससलाई टाइब्रेकरमा ३–२ गोलले पन्छायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।
प्रतियोगितालाई सिफलस्थित आशा बुक्सले आर्थिक सहयोग गर्ने भएको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।