छेवाङको एकोहोरो माया


काठमाडौं ।

गायक छेवाङ लामाको स्वरमा एकोहोरो माया बोलको गीत सार्वजनिक गरिएको छ। एकदेव लिम्बुको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंले अभिनय गरेका छन्।

केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक प्रेमिल गीत बिटू (गेन स्टुडियो) ले तयार पारेको हो भने म्युजिक भिडियो मेरिना लिम्बु र अर्बिन पोमू लिम्बुले तयार पारेका हुन्।

आकाश पौडेलद्वारा निर्देशित म्युजिक भिडियोमा विकेश मगरको छायांकन, सम्पादन र कलरिङ रहेको छ। उक्त सार्वजनिक गीतमा मनीष गन्धर्वले सारंगी रेटेका छन् भने सन्तोष सिं ठाकुरले क्रिएटिम निर्देशन तथा नवीन निरौलाले लाइटिङको काम गरेका छन्।