भिडियोमा पुन समुदायको सांस्कृतिक विविधता


काठमाडौं ।

गायक जि पुन (जीतबहादुर पुर्जा पुन) को स्वर, संगीत र एरेन्जमा जय करबाकेली बाबा बोलको गीत सार्वजनिक गरिएको छ।
चीनबहादुर पुन र राधा पुनको शब्द रचना तथा बबिता पाख्रिन र दीपा तामाङको सहायक स्वर रहेको गीतमा दीका गुरुङको मिक्सिङ र मास्टरिङ छ।

जि पुन र देव दोर्जे लामाको निर्देशन रहेको गीतको भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन र खिम माया पाइजा पुनले अभिनय गरेका छन्।

भिडियोमा चीनबहादुर पुनको कथा र कन्सेप्ट, राजेन्द्र गुरुङको कोरियोग्राफी, रेनिश फागोको कलर र सुरज लामाको छायाँकन सम्पादन र ड्रोन छ। भिडियो जि पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

म्याग्दीको काफल डाँडामा छायांकन गरिएको गीतको भिडियोमा पुन समुदायको सांस्कृतिक विविधता प्रस्तुत गरिएको छ।