रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित


काठमाडौं ।

लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले एक एक गोल गरेका हुन्। यो जितपछि लिभरपुल च्याम्पियन्स लिगको शिर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको ५ खेलमा सबै खेल जितेर १५ अङ्क रहेको छ।

त्यसै गरी रियल म्याड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो। ५ खेलमा ६ अङ्क रहेको रियल म्याड्रिड २४औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।