अहिले विश्वबजारमा एप्पल, अमेजन, टेस्ला, मेटा (फेसबुक)जस्ता कयौं नवप्रवर्तन कम्पनीको चर्चा छ। उनीहरूको सफलताका कथा विश्वभर सुनिन्छ। तर, कुनैबेला यस्तै विश्व चर्चित कम्पनीहरूको सानो गलत निर्णयले उनीहरू अहिले रसातलमा पुगेछन्। तीमध्ये केही कम्पनीको चर्चा यहाँ गरिएको छ।
सन् २०२० को अन्त्यमा बन्द भएको क्विबी नामक कम्पनीले स्ट्रिमिङ सेवा शुरू गरेको छोटो समयमै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यसले ६ महिनाको अवधिभित्रै १ दशमलव ७ बिलियम अमेरिकी डलर कमाएको थियो। यो एउटा कम्पनीका लागि छोटो र महँगो जीवन थियो। यसको उद्देश्य युट्युबका ठूला भिडियोलाई टेलिभिजनमा हेर्न मिल्नेगरी परिर्माजन गर्दथ्यो। अर्थात् १० मिनेटका क्लिप बनाएर मोबाइलमा सजिलै हेर्न सकिने बनाउनु थियो।
यो कम्पनी शुरूमा धेरै राम्रो चल्यो। तर, युट्युब र टिकटक निःशुल्क हेर्न मिल्ने भएकाले प्रयोगकर्ताले यसको झन्झट लिन चाहेनन्। साथै स्मार्टफोनमा आउने सामग्रीका लागि अतिरिक्त शुल्क तिर्न पनि प्रयोगकर्ता इच्छुक देखिएनन्। त्यस्तै कोरोना महामारीका कारण विश्वका धेरै मानिस घरबाहिर यात्रा गर्न छोडेर घरमै बसे। त्यसबेला टिभीका ठूलो स्क्रिनमा इन्टरनेटका सामग्री हेर्न उनीहरू फुर्सदिला भए।
त्यस्तै यसका टुल्स् पनि मोबाइल प्रयोगकर्ताले चाहेजस्तोे थिएन। यो युट्युब र टिकटकको सट्टा ‘ए’ लिस्टरमा भर परेको थियो। तर, मानिसलाई ‘गो’ मा हेर्ने बानी थियो। दर्शकले सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि स्क्रिन सट पनि लिन सकेनन्। जसले गर्दा यसको प्रयोग कठिन बन्न पुग्यो। यस्ता प्राविधिक कारणले अप्ठ्यारो त छँदै थियो। त्यसमध्ये सबैभन्दा महत्वपूर्ण कुरा यसको व्यवस्थापन राम्रो थिएन। क्विबीका सीईओ मेग ह्वाइटम्यान कुनै मनोरञ्जन स्टार्टअप पृष्ठभूमिकी थिइनन्। यद्यपि, उनले ६ वर्षसम्म कम्पनीको नेतृत्व गरिन्। संस्थापक जेफ्री कात्जेनबर्ग पनि अहंकारी थिए। समयअनुकुल परिवर्तन हुन नसक्नु, प्रयोगकर्ताको चाहना बुझ्न नखोज्नु र सञ्चालकमा अहंकार हुनु कम्पनीको असफलताको कारण मानिएको छ।
त्यस्तै, अर्को इन्टरनेट सर्च इन्जिन याहू पनि समयअनुसार चल्न नसक्दा पतनको बाटोमा छ। सन् १९९८ मा याहूले गुगललाई जम्मा १ मिलियन डलरमा किन्न अस्वीकार गरेको थियो। चार वर्षपछि त्यतिबेलाको आफ्नो गल्ती महसुस गर्दै याहूले गुगललाई ५ बिलियन डलरमा खरिद गर्न प्रस्ताव ग¥यो। तर, गुगलले उक्त प्रस्ताव अस्वीकार ग¥यो। किनकि याहूको मूल्यांकनभन्दा कयौं गुणा बढी उसको बजार मूल्य भएको थियो। गुगलले राखेको आफ्नो मूल्य याहूले तिर्न अस्वीकार गरेकाले कारोबार भएन।
गुगलसँगको डिल असफल भएपछि याहुले सन् २००६ मा फेसबुकलाई १ दशमलव १ बिलियनमा खरिद गर्ने तयारी गरेको थियो। त्यसबेला फेसबुकको कमाइ जम्मा २० मिलियन डलर थियो। जसले गर्दा याहूका सीईओले फेसबुकको अफरमा ८ सय मिलियनमा घटाएर प्रस्ताव गरे। तर, फेसबुकले उक्त प्रस्ताव अस्वीकार ग¥यो। त्यस्तै, सन् २००८ मा माइक्रोसफ्टले याहूलाई ४४ दशमलव ६ बिलियनमा खरिद गर्न प्रस्ताव गरेको थियो। तर, याहूका सञ्चालकले बेच्न अस्वीकार गरे। त्यसपछि विश्व बजारमा भएको आर्थिकमन्दीको असर यसलाई पनि प¥यो। आर्थिकमन्दी पछि यो क्रमशः ओरालो लाग्दै गयो। यद्यपि, सन् २०१६ मा भेरिजोनले याहूलाई ४ दशमलव ६ बिलियनमा खरिद ग¥यो। यस बेलासम्म यसको कमाइ निक्कै घटेको थियो। याहूले त्यसअघि नै टम्बलरलाई १ दशमलव १ बिलियन डलरमा किनेको थियो। तर, सन् २०१९ मा भेरिजनले टम्बलरलाई ३ मिलियनमा बेच्यो। जुन यसको मूल्यभन्दा शून्य दशमलव २७ प्रतिशतमात्रै थियो।
कुनै पनि व्यवसाय अर्थात् कारोबार गर्दा मुख्य व्यवस्थापकसँग आफ्ना प्रतिस्पर्धीको क्षमता, बजारको अवस्थालाई मूल्यांकन गर्नसक्ने क्षमता हुनुपर्छ।
त्यसैअनुरूप आफ्नो रणनीति बनाउनुपर्छ। त्यसैलाई विश्लेषण गर्न नसक्दा याहूले निरन्तर गलत निर्णय लिँदै गयो। त्यस्तै कम्पनीमा २० वर्षको अवधिमा ६ जना सीईओ फेरिए। साथै उसले आफ्ना क्षमतावान् कर्मचारीलाई जोगाउन सकेन। फेसबुक र गुगलले याहुका राम्रा कर्मचारीका साथै विज्ञापन खोसिदिए जसले गर्दा याहू एउटा असफल कम्पनीका रूपमा दर्ज भयो।
प्रतिक्रिया