बद्री र रचनाको मगमग वासना


काठमाडौं ।

गायक गायिका बद्री पंगेनी र रचना रिमालको स्वरमा लोकदोहोरी गीत मगमग बासना सार्वजनिक गरिएको छ। लोकप्रिय गीतकार, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमा माया प्रेमबाटै अनन्त यात्रा हुन सक्ने चर्चा गरिएको छ।

लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उचाही बनाउन सफल पन्तको गीतमा एरेन्जमेन्ट एचबीएन किस्मतको छ।
गीतको भिडियो पनि उत्कृष्ट बनेको छ।

भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माले अभिनय गरको छन्। प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन रहेको छ। गीत कस्तुपकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीत सबै वर्गका मानिसको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको पन्तले बताए। गीतमा आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।