चितवन।
प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको घटना शंकास्पद रहेको जनाएको छ ।
तेल बोकेर काठमाडौँ आइरहेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट आइतबार बिहान त्रिशूलीमा खसेको भेटिएको थियो।
चितवन प्रहरीका डिएसपी भेषराज रिजालले घटना शंकास्पद रहेको बताए । घटनापछि चालक र सह–चालक फरार छन् । स्थानीयले प्रहरीमा दिएको जानकारीअनुसार शनिबार राति उक्त ट्रक दुर्घटनास्थल नजिकै रोकिएको थियो ।
बिहानपख ट्रक त्रिशूलीमा खसालेर चालक र सह–चालक भागेको हुन सक्ने आशंका प्रहरीको छ । डिएसपी रिजालले ट्रक नदी किनारमा रहेको र चालक र सह–चालक नभेटिएकाले शंका उत्पन्न भएको बताए । उनका अनुसार घटनाको प्रकृतिअनुसार चालक र सह–चालक नदीमा डुबेको जस्तो देखिँदैन ।
प्रतिक्रिया