संसदीय सुनुवाइ समितिको बैठक स्थगित


काठमाडौं ।

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ। आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो। सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो।

तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो। सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो। यस अघि सुनुवाइ गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।