रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन्।

उनले खेलको ६७औँ र ७५औँ मिनेटमा गोल गरेका थिए । ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन्। रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो।

यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अङ्क रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।