रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर


काठमाडौं ।

साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराति सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ। अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो।

अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। यो खेलपछि दुवै क्लबले एक एक अंक हासिल गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।