साफ यू-२० च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै


काठमाडौं ।

काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको समूह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलङ्का बाहिरिएको छ। त्यस्तै  सोमबार भएको समूह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो । भुटानले आजको खेल जित्नै पर्ने अवस्थामा खेल्दै छ। 

आजको खेल भुटानले हारेमा प्रतियोगिताबाट बाहिरिने छ। नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्। त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।