नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक


काठमाडौं ।

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन्।

क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ। गत वर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस वर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा सञ्चालन गर्न लागेको क्यानले जानकारी दिएको छ।

Skip This