प्रधानमन्त्री ओलीको पहिलो निर्णय : कीर्तिपुर मैदान सुविधा सम्पन्न बनाउने


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका छन् । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले कीर्तिपुर मैदानमा दर्शक बस्नका लागि प्यारापिट बनाउने पनि निर्णय  गरे ।

यस्तै, त्यहाँ रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यसका लागि ३ सय दिनको समयअवधि तोकिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।