कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

2.91k
Shares

काठमाडौं ।

उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ। आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो।

पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो। त्यसअघि  निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो। उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए।

त्यसअघि कहल्को आठौँ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औँ मिनेटमा इस्माएल कोने र खेलको ८०औँ  मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो।

यो हारसँगै क्यानडा भने चौथो भएको छ। अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।

Skip This