टन्टलापुर गर्मीमा काकाकुल मार्तडी

सरकारको प्राथमिकतामा परेन बृहत् तर जीर्ण खानेपानी आयोजना

658
Shares

बाजुरा ।

विगतको तुलनामा बाजुराको सदरमुकाम मार्तडी यतिबेला गर्र्मीले उकुसमुकुस छ। किसानका खेतवारीको बिउ सुकेर पराल बन्दैछ। त्यसमाथि मार्तडीमा खानेपानीको हाहाकार छ। खानेपानीकै लागि मार्तडी बजार क्षेत्रका बासिन्दाहरू महिनौंदेखि पानीको जोहो गर्न खोला, इनार र नहरको पानी प्रयोग गर्न बाध्य छन्।

बडिमालिका नगरपालिका वडा नं. ८ का वीरबहादुर बोहरा खानेपानीको जोहो गर्न बिहानै नहर धाउनुहुन्छ। मार्तडीको बीचमा बग्ने नहरमा ढल पनि मिसाइएका छन्। नहर खुला छ, नुहाउने र उस्तै परे दिसापिसाब पनि नहरमै गर्छन् भन्ने थाहा हुँदाहुँदै पनि नहरको दूषित पानी प्रयोग गर्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ।

बिहानबिहानै विद्युत्को नहरबाट बाथरुमका लागि पानी भरेपछि फेरि खानेपानीका लागि उहाँ पाल्त वा थापाडा पुुग्नुहुन्छ। कम्तीमा एक घण्टा पालो कुरेपछि एक गाग्री पानी भरेर फर्किने बोहराले बिहान र बेलुकी भरेको एक÷एक गाग्री पानीले खाना पकाउन र पिउनको लागि प्रयोग गर्नुहुन्छ।

त्यस्तै, निर्माण व्यवसायी संघ बाजुराका अध्यक्ष वीरेन्द्रबहादुर शाही र कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका लेखापाल धनबहादुर थापाको बिहान बेलुकीको समय घरकै पानी जोहो गर्नमा बित्छ। बिहान पानीको पाइप जोडेर आयो, बेलुुकी हेर्दा त्यही पाइप काटेर अर्काेले जोडेको हुन्छ । लथालिंग छरिएका पाइप सडक, बिजुलीका पोल र नालीभित्र हुन्छ । ढलमा मिसाईएका पाइपको पानी पिउन बाध्य भएको गुनासो गर्दै उहाँ भन्नुभयो– ‘आजकाल त त्यही पानी पनि पाइँदैन ।’

स्थानीय होटेल व्यवसायी मिना थापाको घरमा पानी नआएको हप्ता दिन भयो। छिमेकी सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म मार्तडीबाट पानी भरेर गुजारा चलाउने गरेका थापाले भन्नुभयो– ‘तीन दिन भयो, त्यहाँ पनि पानी आएको छैन। ग्राहकलाई खाना पकाउने पानी छैन। खाना खुवाउनै मुस्किल छ।’

शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य, सडक बिजुलीलगायतका प्राथमिक आधारभूत आवश्यकताको परिपूूर्ति गरिदिने नागरिकको दैलोको सरकार भनेर चिनिने बडिमालिका नगरपालिका आफैं पनि पानीको अभावमा दुुर्गन्धित बनेको छ । बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले भन्नुभयो– ‘नगरपालिकामा नै पानीको हाहाकार छ । बिहान ल्यायो दिउँसो पाइप काटिदिन्छन् । दिनभर पानी नहुँदा ट्वाइलेट गन्हाएर हैरान छौं ।’

बृहत् खानेपानी संघीय सरकार मातहत भएकाले मार्तडी बृहत् खानेपानीलाई व्यवस्थित गर्न पालिकाबाट सिफारिस गरे पनि न संघबाट बजेट आयो न त प्रदेशबाट त्यसको सम्बोधन नै भयो । पालिकाको स्रोतले बृहत् खानेपानी व्यवस्थित गर्न धौधौ परेको छ । सदरमुकामको खानेपानी समस्यालाई लिएर सहरी विकास मन्त्रीसँग पनि पुगेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत केसीले भन्नुभयो– ‘मन्त्रीज्यूले बजेटमा समावेश गरिदिन्छौं भन्ने आश्वासन दिनुुभयो, तर बजेट आएन । मार्तडीको यो विकराल खानेपानी समस्या मन्त्रालयको प्रामिकतामा परेनछ ।’

उहाँले जीर्ण खानेपानी स्रोतलाई व्यवस्थित गर्न तत्काल खानेपानीको वितरण प्रणालीमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘२४ घण्टे खुला धारा व्यवस्थित गनुपर्छ । जहाँ मन लाग्यो उहीँनेर पानीका पाइप काटेर धारा जोड्नेलाई कारबाही गर्नुपर्छ । धारामा मिटर जडान गर्नुपर्छ ।’

बृहत् खानेपानी आयोजना मार्तडीका व्यवस्थापक कर्णबहादुर रावलका अनुसार सुख्खा खडेरीले पानीका मुहान सुक्दै गएका छन्। मार्तडीको बस्ती माथिमाथि सर्दा मुहानको पानी बस्तीको प्रयोगमा छ। झाल्से खोलाको पानीले मार्तडीलाई पुुग्दैन। आधिकारिक रूपमा ५ सय ७५ घरधुरीलाई खानेपानी धारा वितरण गरे तापनि मार्तडीमा १५ सयदेखि १८ सय घरपरिपवारले बृहत् खानेपानीको प्रयोग गर्छन्।

हिउँदमा ९० मिलिमिटरको पाइपमा पनि पानी नभरिने र वर्षाको मौसममा १७५ मिलिमिटरको पाइप भरिए पनि पर्याप्त नहुने जिकिर गर्दै खानेपानी आयोजनाका व्यवस्थापक रावलले भन्नुभयो– ‘२५० घन मिटरको एकलगायत ५०/५० मिटरका चारवटा ट्यांकी छन्, दिनमा एक ट्यांकी पनि भरिँदैन । पालैपालो ट्यांकी भरेर दिने गरेका छौं । उसो त ट्रिटमेन्ट प्लान्टसमेत बनाइएको छ, तर उक्त प्लान्टमा हालसम्म पानी हालिएकै छैन । स्रोत व्यवस्थापन छैन । खाली ट्यांकी र प्लान्ट बनाएर मात्रै खानेपानी पुु¥याउन सकिँदैन । बिहानै उठ्यो कि पानीकै लागि लुछाचुँडी हुन्छ।’

३० वर्ष परानो जीर्ण मुहानलाई पूर्ण रूपमा व्यवस्थित गर्नुुपर्ने आवश्यक्ता औंल्याउँदै खानेपानी आयोजनाका व्यवस्थापक कर्णबहादुर रावलले भन्नुभयो– ‘नौलावन र फर्ने झर्नाबाट पानी ल्याउनुपर्छ। उक्त ठाउँबाट पानी ल्याउन करोडौं रूपियाँ खर्च लाग्ने छ । स्थानीय स्रोतले धान्दैन। तर, के गर्ने सरकारले टेर्दैन, जहिले पनि पानीकै समस्या छ।’

Skip This